पुस ५ को भन्दा जेठ ८ को कदम गम्भीर रहेको डा. भट्टराईले दिए यस्ता तीन कारण

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभाको विघटनभन्दा अहिले जेठ ८ गते गरेको विघटन गम्भीर भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यसका तीन कारण समेत दिएका छन् । उनी लेख्छन् ः जेठ ८ को प्रतिक्रान्तिकारी हर्कत पुस ५ को भन्दा गम्भीर छ ।

किनकी १. कोरोनाको दोस्रो लहर चर्केको बेला राज्यले नरसंहार गर्ने जनताले प्रतिरोध गर्न नसक्ने अवस्था छ । २. यो संसद् विघटन मात्र हैन, संविधान विघटन गर्ने गुरुयोजनाअन्तर्गत छ । ३.यसभित्र राष्ट्रघात छ, प्यादाहरू छन् । अतः एकताबद्ध प्रतिरोध गरौं ।’ गत पुस ५ गते गरिएको संसद् विघटन सर्वाेच्च अदालतले गत फागुन ११ गते पुनः स्थापना गरेको भए पनि प्रधानमन्त्री ओलीले यही जेठ ८ गते फेरि विघटन गराएपछि अहिले चौतर्फी विरोध भइरहेको छ ।

 

 
 
  
 

You may also like