आफ्नै कर्मले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओराल्यो- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसमा युवा नेता गगन थापाले आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा नेता थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो भन्दै ‘सम्माननीय राष्ट्रपति’ बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? भन्दै प्रश्न गरेका छन् ।

गगन थापाले भनेका छन्-

राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !! “सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।

 

 
 
  
 

You may also like