थप ८,८४८ ले जिते कोरोना, ८,९८० नयाँ थपिए, १२९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८,८४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८, ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८,९८० जनामा संक्रमण भेटिएको हो ।

पिसिआर विधिबाट ८,५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १२९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ६,१५३ जना संक्रमितको ज्यान गइसकेको छ ।

 
 
  
 

You may also like