देश अब निर्वाचनतर्फ, यस्तो छ संबैधानिक व्यवस्था

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबेदारलाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि देश अब निर्वाचनमा जाने देखिएको छ ।

संबिधान अनुसार धारा ७६ को उपधारा ५ अनुसार सरकार गन्न नसकेको अवस्थामा उपधारा ७ मा यस्तो व्यवस्था गरिएको छ ।

उपधारा ७ मा ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने छ’ उल्लेख छ ।

संबिधानको व्यवस्था:

राष्ट्रपति भण्डारीको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मध्यरातमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सम्भवत अहिले बसिरहेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा विघटन गरेर आउदो ६ महिना भित्र निर्वाचन हुने गरि निर्वाचनको मिति राष्ट्रपतिलाई सिफारिस गर्ने छ ।

 
 
  
 

You may also like