आकस्मिक रुपमा मध्यरातमै मन्त्रीपरिषद बैठक बस्दै

 काठमाडौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा शुक्रबार मध्यरात मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा बस्दैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर राष्ट्रपति कार्यालयले गरे लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

यसअघि आजै साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको थियो। प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएको भन्दै आफू बालुवाटार जाँदै गरेको पर्यटन मन्त्री भानुभक्त ढकालले सेतोपाटीलाई जानकारी दिए।

संवैधानिक प्रावधान अनुसार सरकार गठन गर्न नसकेपछि अब वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै कमचलाउ रुपमा कार्यकारी अधिकार प्रयोग गर्नेछन्।

संवैधानिक प्रावधान अनुसार ७६(५) को सरकार गठन हुन नसकेको अवस्थामा अब ओलीले नै ताजा जनादेशका लागि प्रतिनिधि सभाको विघटन सिफारिस गर्न सक्नेछन्।

 
 
  
 

You may also like