कपिलवस्तुमा गत वर्षको तुलनामा नदिजन्य पद्धार्थको चोरीमा कमि

by समतल अनलाइन

कपिलवस्तु । गत वर्षको तुलनामा नदिजन्य पद्धार्थको चोरीमा कमि आएको वाणगंगा नगरपालीका नगर प्रमुख मगंल प्रसाद थारुले बताउनुभएको छ ।

बिहिबार नगरभित्रका नदिहरुको अनुगमनका क्रममा सञ्चारक्रमि सगं कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । वाणगंगा नगरपालीकाका नदिबाट नदिजन्य पद्र्दाथको चोरी बढेको गुनासो आएपछि नगरप्रमुख , इलाका प्रहरी कार्यालय पिपरा सहितको टोलीले अनुगमन नदिको अनुगम गरेका हुन ।

वाणगगांको उप्टाह उत्तम नगरमा श्रीगिघाटको कुलाबाट तुलनात्मक रुपमा बढि चोरी भएको नगरप्रमुख थारुले प्रेसपाटिलाई जानकारी दिनुभयो । वाणगगां खोलामा भने नगरले तार बार गरेको छ सहजै ट्याक्टर , जेसिवि जान नसक्ने भएकाले यसवर्ष चोरी कम भएको थारुले बताउनुभयो । गत वर्ष नगरले ठेक्कापट्मा ढिलाई भएको कारणले चोरी बढेको थारुको अनुमान छ । नदिजन्य पद्धार्थको चोरी कम गर्न नगर , पुलिस प्रशासन सचेत रहेको नगरउपप्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।

विगतका बर्षमा पनी नियन्त्रणमा सक्रिय रहेपनी विशेष नाकाहरुबाट स्थानीयको सक्रियतामा चोरी बढेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर आयुष जोशीले बताउनु भएके छ । कुराकानी गर्दै उहाँले भन्नुभयो जव सम्म स्थानीय जनता , टोल विकास समितिलाई निगरानीमा सक्रिय बनाउन सकिदैन तव सम्म एकल प्रयासमा चोरी नियन्त्रण गर्न असहज हुने बताउनु भयो । जोशीले स्थानीय टोल विकास संस्थालाई नियन्त्रणमा सघाउन अपिल समेत गर्नुभएको छ ।

 
 
  
 

You may also like