प्रधानमन्त्री नियुक्तिका लागि दावी पेस गर्दै देउवा

काठमाडौंं। विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो । हस्ताक्षर कांग्रेस र माओवादी केन्द्रसहित एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत छ ।

हस्ताक्षर जुटेपछि अहिले संसद सचिवालयमा हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ । कांग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताएका छन् । सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, कांग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक, पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका थिए ।

 
 
  
 

You may also like