१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दावी, पुगे राष्ट्रपति कार्यालय

काठमाडौंं। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक पक्ष र माधव नेपाल समूहले संयुक्तरुपमा संसदको बहुमत पुर्‍याई सरकारको नेतृत्व दाबी गर्ने भएका छन् ।

चार पक्षका १४९ सांसदको हस्ताक्षरसहित उनीहरु अहिले राष्ट्रपति कार्यालय जाँदैछन् । चार पक्षीय छलफलमा सहभागी एक नेताका अनुसार उनीहरुले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी गर्न लागेका हुन् ।

संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका गरी १४९ सांसदको हस्ताक्षर जुटेको हो । संसद्‍को २७५ सिटमध्ये प्रधानमन्त्रीको लागि आवश्यक बहुमत पुग्न १३६ भए पुग्छ ।

संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले ७६ (५) अनुसार नयाँ सरकार बनाउन बिहीबार २१ घन्टे म्याद दिएकी हुन् । उक्त म्याद शुक्रबार साँझ ५ बजे सकिँदै छ । त्यसअघि नै विपक्षी गठबन्धनका नेता शीतल निवास गएका हुन् ।

 
 
  
 

You may also like