नयाँ सरकार गठनको कसरतमा चार दल, सिंहदरबारमा निर्णायक वैठक बस्दै

काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्रै छोटिंदै गर्दा नयाँ सरकार गठनका लागि विपक्षी तीन दलसहित एमालेको एक माधवकुमार नेपाल पक्ष तीब्र कसरतमा जुटेका छन् । सरकार गठनका लागि उनीहरु अहिले सिंहदरबारमा निर्णायक वार्ताका लागि जुट्दै छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षले अपराह्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्णायक छलफल गर्ने भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठकमा सो सहमति जुटेको हो । आन्तरिक रुपमा दलहरुभित्र छलफल गरेर अनि निर्णायक वार्ता गर्ने तयारीमा विपक्षी लागेका हुन् ।

राष्ट्रपतिले बिहीबार बेलुका ८ बजे संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभाका सदस्यलाई विश्वासको मत पु¥याउने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छिन् । स्रोतहरुका अनुसार वैकल्पिक सरकार गठन गर्न सकिने सर्वदलीय बैठकको निष्कर्ष छ । एमालेको माधवकुमार नेपाल पक्ष जता मिले पनि वैकल्पिक सरकार बन्ने देखिन्छ ।

 

 
 
  
 

You may also like