ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामा मेत नगरेको अवस्थामा राष्ट्रपति भण्डारीले २१ घण्टाको समय दिएर बिहीबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेता थापाले ओली र भण्डारी दुबैलाई पदमुक्त गर्नुपर्ने बताएका हुन् ।

नेता थापाले राष्ट्रपति भण्डारीले दिएको समय अगावै नयाँ सरकार बनाउनु पर्नेमासमेत जोड दिएका छन् । ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया शुरु गर्ने हो,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पु¥याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं ।’

 
 
  
 

You may also like