२०७८ जेठ ७ गते शुक्रबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशिलताले कामहरू अगाडि बढ्ने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज संगीत, कला र साहित्यमा रुची बढ्ने छ । ठीक समयमा सही निर्णय लिन सकिने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । तर स्वास्थ्यको भने विशेष ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मान प्रतिष्ठामा वृद्धि होला । धार्मिक, सामाजिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन हुनेछ, तर स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । महत्वपूर्ण कामको थालनी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफन्त वा सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । यात्रामा सामान पनि हराउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक कार्य र समाज सेवामा मन लाग्नेछ । वित्तीय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्ने छ । सामाजिक काममा सहभागी भइएला । रोकिएको कामलाई पुनः प्रयास गर्दा फाइदा हुन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like