राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा जनमोर्चाको समर्थन ‘साझा उम्मेद्वार’ पाण्डेयलाई

काठमाडौं। राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा साझा उम्मेद्वार दृगनारायण पाण्डेयलाई समर्थन गर्ने भएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ ।

लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा अघि सारेका छन् । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै त्यसविरुद्ध आउने सबै शक्तिसँग सहकार्य गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा विजयी आफ्ना जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई पाण्डेयको पक्षमा मत दिन पनि केसीले आग्रह गरेका छन् । ‘प्रतिगमनलाई परास्त गर्न प्रतिगमन विरोधी उम्मेदवारलाई जिताउन हामीले उहाँलाई प्रतिगमन विरोधी शक्तिहरुको साझा उमेदवारको रुपमा अगाडि सार्ने सहमति अनुरुप नै हाम्रो पार्टीले समर्थन गर्ने निर्णय लिएको छ’ केसीले भनेका छन् ।

उनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको उम्मेदवार डा. खिमलाल देवकोटालाई नै आफूहरुको समर्थन रहेको बताएका छन् । यद्यपि वाग्मती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि मतदाता छैनन् ।

 
 
  
 

You may also like