थप ७,९८९ कोरोना संक्रमित निको, ८,१७३ नयाँ थपिए, २४६ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७,९८९ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा देशभर ८,१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८,१७३ जनामा संक्रमण भेटिएको हो । पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ५,६५७ जना संक्रमितको मृत्यु भएको छ । देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like