रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणबाट मृत्यु

बुटवल। कोरोना भाइरस संक्रमणबाट रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत ६१ वर्षिय चौधरीको बुधबार विहान सवा ३ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

कोरोना संक्रमण भएर बैशाख २१ गते तिलोत्तमा स्थित आइसोलेशन भर्ना भर्ना भएका उनमा स्वास्थ्यमा थप समस्या आएपछि २५ गते धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लगिएको थियो । रुपन्देही तिलोत्तमा ५ मणिग्राम निवासी स्व। चौधरी रेडियो लुम्बिनीमा करिव १५ बर्ष आबद्ध भएका थिए। उनका२ छोरा, ४ छोरी र श्रीमती छन्।

 
 
  
 

You may also like