आम्दामा कोरानाको उपचार निःशुल्क

बुटवल । महिला तथा बालबालिकालाई उपचार सेवा दिँदै आएको बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)ले कोरोनाका बिरामीलाई समेत उपचार सोव सुरु गरेको छ ।

गएको बैशाख ३० गतेबाट कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको र प्राथमिकताको आधारमा सुत्केरी महिला, अन्य महिला तथा बालकालिकालाई सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले जानकारी गराउनु भयो ।

उहाँका अनुसार तत्काल १० बेडमा कोरोना उपचार सुरु गरिएको र कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुनेछ । त्यस्तैगरी अस्तालले आज (मंगलबार)देखि पीसीआर परीक्षण समेत सुरु गरिएको उहाँले जानकारी गराउनु भयो ।

 
 
  
 

You may also like