सगरमाथा चढ्ने क्रममा लडेर मृत्यु

काठमाडौं । सगरमाथामा चढ्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ । सगरमाथाको क्याम्प १ र २ को बीचमा आरोहणका क्रममा एक जना शेर्पाको लडेर मृत्यु भएको हो ।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यले मंगलबार बिहान उनको लडेर मृत्यु भएको पुष्टि गरेकी छिन् । पर्यटन विभागले सगरमाथामा चक्रवातको कारण भने कुनै क्षति नभएको जनाएको छ ।

चक्रवातका कारण क्याम्प ४ मा करिब ३५ वटा क्याम्पमा क्षति पुगेको सामाजिक सञ्जालमा आए पनि विभागले त्यसलाई अस्वीकार गरेको छ । ‘क्याम्प ४ मा कुनै क्षति भएको भए अहिलेसम्म जानकारी आइसक्थ्यो’, आचार्यले भनिन्, ‘चक्रवातको कारण हिमालमा कुनै क्षति भएको छैन। तर चक्रवात आउनसक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरेका छौँ।’

विभागले सूचना जारी गर्दै जेठ ७ गतेसम्म ताउते नामक शक्तिशाली चक्रवात आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । ‘पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा भएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी पर्यटकलाई सुरक्षित स्थानमा राख्ने प्रबन्ध गर्न अनुरोध रहेको छ’, विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

 
 
  
 

You may also like