कर्णालीका दुई नव नियुक्त मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशमा नव नियुक्त दुई मन्त्रीले आज ९सोमबार० शपथ ग्रहण गरेका न् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् ।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै शर्मा र नेपालीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।गत बुधबार मुख्यमन्त्री शाहीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । तर, वैशाख ३ गते सांसदमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले दुईा मन्त्रालय मागेपछि विष्ट पार्टीको निर्देशन अनुसार पछि हटेको मुख्यमन्त्री निकट एक नेताले बताए ।

गत बुधबार नियुक्त गरेका उनीहरुलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि शर्मा र नेपालीलाई सोमबार शपथ खुवाइएको हो । यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र बिन्दमान विष्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका थिए ।मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन । कांग्रेसले दुई मन्त्रालयसहित सरकारमा सहभागिता जनाउने भएपनि आन्तरिक विवादका कारणले मन्त्री बन्नेको नाम टुंग्याउन सकेको छैन ।

 

 
 
  
 

You may also like