कोरोनाबाट विराटनगरमा थप आठ जनाको गयो ज्यान

मोरङ । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरमा थप आठ जनाको ज्यान गएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा आठ जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।

विराटनगर–१० का ७७ वर्षीय पुरुष, विराटनगर–९ का ६७ वर्षीय पुरुष र उर्लाबारी नगरपालिका–७ की ५८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

यस्तै विराटनगर महानगर–८ का ६४ वर्षीय पुरुष, विराटनगर–५ की ५२ वर्षीया महिला, विराटनगर–१ का ४५ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगर–२ की ५५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
यस्तै सप्तरीको ५३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकलका कोभिड अस्पताल इन्चार्ज डा. सुनिल देवले बताए ।

 
 
  
 

You may also like