कर्णाली प्रदेश अस्पतालले आजदेखि कोरोनाका नयाँ विरामी भर्ना नलिने

सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजन अभावका कारण थप कोभिडका बिरामी भर्ना गर्न नसक्ने जनाएको छ ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काले वैशाख ३१ (हिजो) सूचना जारी गर्दै नेपालगञ्जबाट आउनु पर्ने अक्सिजन नआएकाले थप बिरामी भर्ना लिन नसक्ने जनाएको छन् । पछिल्लो समय देशभर अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा कठिनाई उत्पन्न भएको छ ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिण्डर आवश्यक रहेको निर्देशक खड्काले बताएका छन् । ‘अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि हाइफ्लो अक्सिजन दिन सक्दैन, नेपालगञ्जबाट अक्सिजन आउन छाडेको छ, जसले गर्दा यो स्थिति आयो,’ उनले भने ।

अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन । अहिले हाल करिब १०० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ । हाल अस्पतालमा ९२ जना जटिल प्रकृतिका संक्रमित उपचाररत रहेको निर्देशक खड्काले बताए । नेपालमा कोरोना संक्रमणको दोसो लहर देखिएसँगै अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको उपचारमा संलग्न चिकित्सकले बताउँदै आएका छन् ।

 
 
  
 

You may also like