अर्घाखाची समाज जापानद्वारा अर्घाखाची अस्पताललाई ५ थान सिलिन्डर सहयोग

बुटवल। अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सीजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ । जिल्लामा अक्सीजनको अभाव बढेसंगै कोरोना संक्रमीतको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी मेसिन हस्तान्तरण गरेको हो ।

कोरोना महामारीका कारण अन्तराष्ट्रीय उडान बन्द भएको र जापानबाट मेसिन पठाउन नसकेकोले खरीदका लागी अस्पताललाई जिम्मा दिईएको थियो । समाजले मेसिन खरीदका लागी जापानमा आर्थिक सहयोग अभियान संचालन गरेको अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले जिल्लाबासीले अक्सीजन नपाई छटपटाईरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुदा सहयोग गर्नु दायित्व भएको बताउनुभयो । उहाँले अभियानमा सहयोग गर्ने जापानबासी नेपालीहरु र समन्वयका लागी पत्रकार महासंघ अर्घाखाँचीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अभियान बाट संकलीत रकम र समाजको आन्तरिक कोषबाट गरी नगद ४ लाख ५० हजार पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष अशोक खनाल मार्फत अस्पताललाई पठाएको समाजका कोषाध्यक्ष टोप वहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

रकम पठाएको छोटो समयमै ३ वटा मेसिन आएको र विरामीले सेवा लिन सुरु गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. कपिल गौतमले जानकारी दिनुभयो । देशभर अक्सीजनको अभाव भएकोले ५ वटै मेसिन एकै पटक ल्याउन नसकेकोले २ वटा मेसिन केही दिनमा आउने डा. गौतमले बताउनुभयो ।

अक्सीजन सिलिन्डर जस्तो भर्नुपर्ने झन्झट नभएकाले उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।

 
 
  
 

You may also like