एकैदिन ६ हजार १३५ जनाले जिते कोरोना

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like