पुर्खे बाको यस पालिको दशैँ यस्तो हुने भो ! ( भिडियो सहित )

by समतल अनलाइन

बुटवल। युवा उमेरमै बृद्धको भुमिका निर्वाह गर्दै सबै माझ चर्चामा रहेका पुरुषोत्तम भण्डारीको दशै विशेष गीत किरिया खर्च भर्खर मात्र सार्वजनिक भएको छ ।

तीज गीत मार्फत सबैको मन जितेका भण्डारीको दशै गीतबाट सबैलाई भावुक बनाएका छन । गीतमा उनैका आवाज,शव्द,लय तथा अभिनय समेत रहेको छ । पछिल्लो समय आमाबुवाहरु आफ्ना सन्तान सँग अपहेलीत भइरहेको कुरालाई कलात्मक रुपले गीतमा उठाएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ । गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन भने भण्डारीको आफ्नै च्यानलबाट गीत सार्वजनिक गरिएको छ । गीत हेर्ने धेरैले गीतलाई उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन ।

भिडियो सहित :

 
 
  
 

You may also like