पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको दशैं गीत ‘परदेशैमा’ सार्बजनिक

by समतल अनलाइन

बुटवल । लोकतथा दोहोरी गायक पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको नयाँ दशैं गीत ‘परदेशैमा’ बजारमा आएको छ । पछिल्लो समय नेपालीहरूले बिदेशमा भोग्नु परेको यथार्थ र समाजमा घट्ने गरेका घटनालाई आधार बनाएर दशैं गीत ‘परदेशैमा’ बजारमा ल्याएका हुन्, दशै गीतबाट सबैलाई भावुक बनाएका छन ।

संगिता अर्याल र सुन्दर गैतमको शब्द रहेको गीतमा योगराज पोखरेलको लय रहेको छ भने पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको स्वर रहेको छ । भिडियोमा विजय पोखरेल, सञ्चार कर्मी छायां पन्थ र सोभाखर पन्थको अभिनय देख्न सकिन्छ । सुमन थापाका छायांकन तथा सम्पादन रहेको गीतमा विजय पोखरेलले निर्देशन गरेका छन् । हेर्नुहोस् भिडियो:-

 
 
  
 

You may also like