अक्सिजन ढिला आउदा ४ जनाले मृत्यु , भैरहवामा थप ९ कोरोना संक्रमितको मृत्यु

भैरहवा ।भैरहवामा थप ९ जना उपचारत कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवा स्थित भिम अस्पतालमा ७ जना र युनिभर्सल मेडिकल कलेजमा २ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोभिड अस्पतालमा भिममा ७ जना र युनिभर्सल मेडिकल कलेजमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको हो ।

भीम अस्पतालमा उपचाररत लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउपालिका २ की ७० वर्षीय पुरुष, तिलोत्तमा नगरपालिका ४ की ४४ वर्षीय महिला, तिलोत्तमा ८ की ४४ वर्षिय महिला, सिद्धार्थनगर ७ की ६५ वर्षिय महिला, रोहिणी ३ का ५८ वर्षिय पुरुष र सियारी २ का ८५ वर्षीय पुरुष रहेक छन । त्यस्तै युनिभर्सल मेडिकल कलेजमा उपचाररत गैडहवा गाँउपालिका ७ की ४० वर्षिय महिला र तिलोत्तमा नगरपालिका १३ का ३२ वर्षिय पुरुष संक्रमितको आज विहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

भीम अस्पतालमा अहिले ८६ जना र मेडिकल कलेजमा करिब सय जना कोभिडका विरामी छन, संक्रमित मध्ये सबैलाई अक्सिजन आवश्यक छ, हिजो देखि नै दुवै अस्पतालमा अक्सिजन अभाव भएको अस्पताल प्रशासनले जानकारी दिएको थियो, तर व्यवस्थापनमा ढिलाई हुदा आज ४ जनाको अक्सिजन अभावमै मृत्यु भएको छ ।

भिम अस्पतालमा अक्सिजनकै भरमा विरामी छन । अस्पतालमा अक्सिजन आउनमा केही ढिलाई भएकोले आज बिहान ४ कोरोना संक्रमितको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । शंकर अक्सिजन उद्योगबाट आउने भनिएको अक्सिजनमा केही ढिलाई भएकोले ४ जनाको ज्यान गएको छ, जिल्ला प्रशासनबाट खटिएको प्रहरी टोलीले विधुतका कारण केही ढिला गरी ल्याएको सिलिण्डरकै कारण उनीहरुको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । यसमा विधुतको र अस्पताल प्रशासनकै दोष देखिएको छ । उपचारमा खटिएको स्वास्थ्य टिमले अस्पताल प्रशासनलाई पटक पटक जानकारी गराउदा समेत समयमा अक्सिजन नआउदा उहाहरुको दुखद निधन भएको छ ।

अस्पताल प्रशासन र मेसु डा।शकुन्तला गुप्ताको व्यावस्थापन गर्ने काम हो रातीमा मोबाइल बन्द गरिदिने र फोन नउठाउने गरेकोले पनि यो समस्या भएको हो । अक्सिजन सकिएर मृत्यु भएको भन्ने नाकारात्मक सन्देश जान्छ भनेर अस्पताल प्रशासनले यस विषयलाई नकारेको छ ।

यता भिम अस्पतालका सूचना अधिकारी नारयाण पोखरेलले अस्पतालमा अक्सिजन शुन्य भएको अवस्था अहिले सम्म नआएको बताए । अक्सिजन नपाएर मरेका भन्ने छैन, कमी छ व्यवस्थापन भइरहेको छ ।

 
 
  
 

You may also like