कर्णालीमा दुई मन्त्री नियुक्त

कर्णाली । लामो समयपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् ।
नव नियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेत पश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

‘उहाँहरु दुवै जना नियुक्त भइसक्नु भएको छ । एक आर्थिक मामिला तथा योजना र अर्को आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु हुनेछ ’ स्रोत भन्छ, ‘आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रि परिषदको बैठकमा राजीनामा दिनु भएको छ ।’

मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् । प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाहपश्चात सपथ ग्रहणको कार्यक्रम तय हुने बताइएको छ ।

 

 
 
  
 

You may also like