हामी कसैको पनि पक्ष र विपक्षमा छैनौं : महन्थ ठाकुर

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा आफ्नो पार्टी कसैको पनि पक्ष र विपक्षमा नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि आज भएको विशेष अधिवेशन बैठकमा बोल्दै अध्यक्ष ठाकुरले उक्त कुरा बताएका हुन् । उनले भने, ‘संसदमा हामी पक्षमा पनि छैनौं र विपक्षमा पनि छैनौँ, किनकी लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौं ।’

आफ्नो सांसद रेशम चौधरीलाई आजको बैठकमा देख्न चाहेको बताउँदै उनले संविधान र आफ्ना नेता कार्यकर्तामाथि लागेका अभियोग र आरोपविरुद्ध तीव्र रोष प्रकट गरे । ‘हाम्रा सांसद रेशम चौधरीलाई हामी यहाँ देख्न चाहन्थ्यौँ, प्रदेशका सांसदहरु तारेख धाइरहेका छन्, हाम्रा नेता मुद्दा धाइरहेका छन्’, उनको आक्रोश थियो, ‘यो सबै संविधानको कारण हो ।’

 
 
  
 

You may also like