एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

बुटवल। नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

दाङ २ (ख) बाट निर्वाचित डाँगीले आज बिहान राजीनामा दिएको प्रदेश सभाका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए । मुख्यमन्त्री शंकर पोखरेल दाङकै क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका हुन् ।

मन्त्री पदका आकांक्षी डाँगीले मुख्यमन्त्री पोखरेलसँगको असन्तुष्टीका कारण राजीनामा दिएको बुझिएको छ । डाँगीको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको प्रवक्ता पोखरेलले बताए । यसअघि उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेकपाको उम्मेद्वार बनेर निर्वाचित बिमलाकुमारी खत्रीले माओवादी पार्टी रोजेकी थिइन् भने नेकपा एमालेका अर्का सांसद् (कपिलवस्तु २ (क) बाट निर्वाचित) दृगनारायण पाण्डेयले पनि राजीनामा दिएका थिए ।

 

 
 
  
 

You may also like