कैलाली । कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको ज्यान गएको छ । कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको ज्यान गएको हो । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।
टीकापुर अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. रमेशप्रसाद उपाध्यायले अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । उपाध्यायका अनुसार बुधबार बिहान लम्कीचुहा नगरपालिकाका ३८ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।