एमाले सांसदबाट राजीनामा दिएका पाण्डे काँग्रेसमा प्रवेश

बुटवल । आइतबारमात्रै नेकपा एमालेको लुम्बिनी प्रदेश सांसदबाट राजीनामा दिएका दिर्घनारायण पाण्डे नेपाली काँग्रेसमा प्रवेस गरेका छन । नेपाली काँग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डेलाई काँग्रेसमा प्रवेस गराएका हुन् ।

काँग्रेसमा प्रवेश गरेसँगै उनलाई लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार बनाइने भएको छ ।

जेठमा हुने निर्वाचनमा चन्द बहादुर खड्काको निधन भएपछिको स्थानमा हुने निर्वाचनका लागि पाण्डे साझा उम्मेद्बार हुने भएका हुन् । उनलाई माओवादी केन्द्र, जसपा र जनमोर्चाले सहयोग गर्ने भएको बताइएको छ ।

 
 
  
 

You may also like