मुख्यमन्त्रि पोखरेल नियुक्ति विरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौ- चार दलको उद्घोष

बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखले अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी गठवन्धन र अन्य दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

माओवादी केन्द्र , नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार आज संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका छन् । विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् ।

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनले बताएको छ । ’ नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले भने ,यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं,

 
 
  
 

You may also like