कसैको दवावमा होइन, मेरै खुशीले माओवादी रोजेको हुँ : विमला वली

बुटवल । नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीले आफ्नै इच्छाले नै माओवादी केन्द्र पार्टी रोजेको बताएकी छन् ।उनले आफूले नेकपाबाट निर्वाचन जितेको उल्लेख गर्दै उनले आफूलाई नजिकबाट सहयोगमा माओवादी पार्टी रहेकाले पनि माओवादी नै रोजेको बताएकी हुन् । आज (आइतबार) बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले कसैको दबाबमा नभई आफू खुशीले नै दल रोजेको बताएकी छन् ।

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले पत्रकार सम्मेलन गर्दै आफूले खुशीले नै माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी हुन् । एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए ।

 
 
  
 

You may also like