२८८ को परीक्षण गर्दा १६९ संक्रमित

पर्सा । पर्सामा आज (बिहीबार) एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समूहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन् भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक–एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

उनले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए । यससँगै पर्सामा सङ्क्रमितको कुल संख्या चार हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको संख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । रासस

 

 
 
  
 

You may also like