कोरोनाको कष्ट : नागढुंगादेखि धादिङसम्मै चर्को जाम, ठाउँ–ठाउँमा चेकजाँच

काठमाडौं। काठमाडौं उपत्यकासहित आजदेखि १० जिल्लामा निषेधाज्ञा लागू भएको छ । ‘लकडाउन’ भएका छन् ।
आज विहान ६ बजेदेखि लागू भएको निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोक–चोकमा परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं खटिएका छन् ।

निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु कम चलेका छन् । तर काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा भने विहानको समयमा गाडीहरुको चाप छ । ती गाडीहरुलाई पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको छ ।
निषेधाज्ञाका कारण उपत्यकाबाट बाहिरिनेहरुको चापका कारण राजधानीको नागढुंगा तथा थानकोट क्षेत्रमा अझै जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिनेहरुको चापका गए रातिदेखि नै कलंकीदेखि नागढुंगा र त्यसभन्दा पर धादिङसम्म नै चर्को जाम रहेको थियो ।

सो जाम अहिले पनि पुरा नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले बाटो अझै क्लियर नभएको र निषेधाज्ञा अघि नै उपत्यका प्रवेश गर्नुपर्ने गाडीहरु जाममै फसेका छन् । ती गाडीहरुलाई उपत्यका भित्रन दिने उनको भनाइ छ ।

उनका अनुसार काठमाडौंको हकमा निषेधाज्ञा उलंगन गर्ने चार पांग्रे र दुई पांग्रेगरी २०० सवारी होल्ड भएका छन् । उनीहरुलाई बेलुका ७ बजे मात्रै छाड्ने उनको भनाइ छ । उनले ८१ ठाउँमा सवारी चेक गर्ने योजना भए पनि अहिले ४० ठाउँमा चेकजाँच भइरहेको छ । गएको ७२ घण्टामा पाँच लाख बढीले राजधानी छाडिसकेका छन् ।

 
 
  
 

You may also like