रुपन्देहीमा भोलि बिहान ६ बजेदेखी निषेधाज्ञा हुने

बुटवल। कोरोना संक्रमण बढेसंगै रुपन्देही प्रशासनले बैसाख १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञा लागू गरेको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले भने-‘निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइन्न,अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ।’

अतिआवश्यक बाहेकका अन्य सबै पसल व्यवसाय भने बन्द हुनेछन्। यसअघि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले १६ बैसाखदेखि निषेधाज्ञा लगाउन मंगलबार नै सिफारिश गरेको थियो।

 
 
  
 

You may also like