काठमाडौँ । नेपालमा थप ४७७४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४७७४ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै स्वास्थ्य मन्त्रालयले १२३ जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल ३ लाख १२ हजार ६९९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार २०९ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७९ हजार २७९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.३ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८७९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २४ लाख ४५ हजार ९६८ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ५४ जना रहेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ३६४ जना रहेका छन् भने होम आइसोलेसनमा २७ हजार ८४५ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ३१७ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३२११ रहेको छ ।
यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०३ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
२४ घण्टामा नेपालमा कुन उमेर समुहमा कति संक्रमित ?
पछिल्लो २४ घण्टामा नेपालमा १९ बर्ष मुनिका ४१६ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ बर्ष मुनिका ९९ जना र १० देखि १९ बर्षसम्मका ३१७ गरि १९ बर्षमुनिका कुल ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि मंगलबार १९ बर्षमुनिका ३८४ जनामा संक्रमण भएको थियो भने सोमबार ३३६ जना र आइतबार ३४० जनालाई कोरोना पुष्टि भएको थियो ।
अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट बालबालिका र युवाहरुलाई बढी असर गरेको देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घन्टामा २० देखि २९ बर्ष उमेर समुहका १२२१ जना संक्रमित भएका छन् भने ३० देखि ३९ बर्षका ११६० जना र ४० देखि ४९ बर्ष उमेर समुहका ८९९ जना संक्रमित भएका छन् ।
त्यस्तै ५० देखि ५९ बर्षसम्मका ६०९ जना, ६० देखि ६९ बर्षसम्मका २७६ जना, ७० देखि ७९ बर्षसम्मका १२३ जना, ८० देखि ८९ बर्षसम्मका ३९ जना, ९० देखि १०० बर्षसम्मका २ जना र उमेर नखुलेका २९ जना रहेका छन् ।
२४ घण्टामा काठमाडौँ उपत्यकामा २०४७ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण चिन्ताजनक रुपमा बढिरहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ उपत्यकामा २०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १४६४ जना, भक्तपुरमा २३२ जना र ललितपुरमा ३५१ जना कोरोनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा देशभर संक्रमण पुष्टि भएका मध्ये करिब ४३ प्रतिशत संक्रमित काठमाडौँ उपत्यकाकै रहेका छन् ।
यसअघि काठमाडौँ उपत्यकामा मंगलबार १९६६, सोमबार १९१२, आइतबार १४९८ र शनिबार ८७२ जना संक्रमित भएका थिए ।