१६ गतेदेखि २९ गते सम्म रुपन्देहीमा निषेधाज्ञा लगाउन सिफारिश

भैरहवा।रुपन्देहीमा १६ गतेदेखि निषेधाज्ञा गर्नको लागि कोभिड -१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । संकट व्यवस्थापन केन्द्रले यहि वैशाख १६ गतेदेखि २९ गते सम्म निषेधाज्ञा लगाउनको लागि सिफारिस गरेको हो ।

वैशाख १६ गते राति देखि सम्म निषेधाज्ञा निर्णय गरेको बताइएको छ ।  यसको आधिकारिक रुपमा निर्णय भने बुधवार हुने जनाइएको छ ।

रुपन्देहीका स्थानिय तह , उद्योगी , राजनीतिक दलहरुले छलफल गरी निष्कर्ष निकालेको बनाइएको छ ।

निषेधाज्ञा समयमा  औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ।

जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्। त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ।

हेर्नुहोस् डीसीसीएमसीको निर्णय


 
 
  
 

You may also like