59
सप्तरी । सरकारको लकडाउन आदेश उल्लंघन गर्दै सप्तरीमा विद्यालय खोल्ने ११ निजी विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना महामरी नियन्त्रण प्रयासस्वरूप सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न भनेको भए पनि खोलेकाले उनीहरूलाई पक्राउ गरिएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले विद्यालय खुला देखेपछि तिनका सञ्चालकलाई नियन्त्रणमा लिइएको हो । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डीएसपी काफ्लेले बताए । उनीहरूविरुद्ध संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।