आईपीएल : हैदराबादसँगको खेलमा दिल्ली सुपर ओभरमा विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
गए राति चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली चौथो पटक विजयी भएको हो ।

जितसँगै दिल्ली खेल तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्लीले ५ खेलमा ८ अङ्क जोडेको छ । दिल्लीले दिएको १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । त्यसपछि खेलको छिनोफानो सुपर ओभरमा गरिएको हो ।

सुपर ओभरमा हैदराबादले ७ रन बनाएको थियो । जवाफमा दिल्लीले ८ रन जोड्दै विजयी भएको हो । सुपर ओभरमा जानुअघि हैदराबादका केन विलियम्सनले ६६ रनको अर्धशतकीय योगदान गरेका थिए ।

 
 
  
 

You may also like