कोरोना महामारीको कहालीलाग्दो दिन शुरु भयो, जनता बचाउनतिर लागौं : डा. भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोना महामारीले देशमा कहालीलाग्दा दिन शुरु भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

आज (आइतबार) बिहान सामाजिक सञ्जालमार्फत डा. भण्डारीले सत्तारूढ दलहरूलाई अहिले राजनीतिक खिचातानी छाडेर जनता बचाउने अभियान लाग्न सुझाव समेत दिएका छन् । ‘कहालीलाग्दा दिन, सहन नसकिने घटनाहरू ! हाहाकार हुँदैछ, जनतालाई साँच्चै पीडा छ,’ कांग्रेस नेता भण्डारीले लेखेका छन्, ‘कोरोना सबैको पीडा भो । जनताले सहाराविहीन सोच्दै छन् ।’

सुझाव दिँदै उनले अगाडि लेखेका छन्, ‘थाँती राख तिम्रा पार्टी र विवादहरू । एउटै बनेर सोच जनताका लागि । गर्न सक्ने जति गर, पापबाट बच । सबै निरोगी सहयोगी बनौं, जोसँग जे छ, सहयोग गरौं !!!’

 

 
 
  
 

You may also like