बुटवल। देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिका नगर सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।
कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले खेलकुलका धेरै विधामा महत्पूर्ण प्रगति गरेको बताएका छन् । उनले उनले कालिकाले यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ठ विद्यालयको रुपमा प्रमणीत गरेको बताए ।उनले भने–‘हाम्रो मुलकको सबै सामुदायीक विद्यालयमा यसै गरी अनुशासनीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको छ । ’
उनले स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यललयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै यसमा कमजोरी रहेको र आगामी दिनमा सुधार गर्न जरुरीरहेको समेत बताए ।
शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको मिहिनेतबाट शैक्षिक क्षेत्र सुधारमा सबैजना लाग्नुपर्ने बताएका थिए । नीजी स्तरका विद्यालयहरुलाई समेत जित्न सक्ने गरी शैक्षिक वातावरण तयार गर्न सबैजना लागेमा सफल हुने समेत बताएका थिए । उनले भने–‘हामीले आ आफ्नो स्थानबाट सबैले योगदान दिन जरुरीरहेको छ, सबैले आ आफ्नो भूमिका निर्वाह गर्ने हो भने शैक्षिक सुधार गर्न सकिन्छ, यसमा हातेमालो गर्न जरुरी रहेको छ । ’।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमलले कालिका मानवज्ञान मावि एउटा शैक्षिक धरोहरको रुपमा अगाडी बढेको बताउँदै खेलकुदको क्षेत्रका विद्यलायले गरेको लगानी सह्रासनीय भएको बताए । उनले खेलकुदको विकासको लागि प्रदेश सरकारले योजनाबद्ध विकास गर्ने गरी अगाडी बढाएको बताए । सामुदायिक विद्यायले खेलकुदका गतिविधिहरुको अगाडी बढाउनको लागि विद्यालय देखि नै योजना बनाएर अगाडी बढ्नुपर्ने बताएका थिए । खेलकुद एकताको प्रतिक भएको भन्दै उनले खेलकुदले देशलाई सफल बनाउने बताएका थिए ।
मदन भण्डारी स्पोट्स एकेडमीका केन्द्रीय अध्यक्ष धुब्र आचार्यले अव खेलकुद विदालाई अनितरित्त भन्दा पनि अनिवार्य विषयको रुपमा सुरुवात गर्नुपर्ने बताएका थिए । उनले मनदभण्डारी स्पोट्स एकेडमीले खेलकुद लाई जोड्दै आएको भन्दै खेलकुदलाई राजनीतिले व्यवस्थापन गर्ने गरी खेलकुदका गतिविधिहरुलाई अगाडी बढाउनुपर्ने बताएका थिए । अवको दिन खेलदकुल बाँच्नको लागि मात्रै नभएर कमाउन, रमाउनको लागि भन्दा पनि समृद्धिको लागि खेलदकुल अवको नारा हुुनुपर्ने बताएका थिए । उनले भने–‘खेलकुद अवको अतिरिक्त आवश्यकता होइन, यो अनिवार्य आवश्यकता हो, खेल र खेलाडी यो देशमा अव आधारभुत स्रोत हुन । ’
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कालिका मानवज्ञान हरेक क्षेत्रमा उत्कृष्ठ विद्यालयको रुपमा अब्बल बन्न सफल भलएको बताएका थिए । उनले कालिका मानवज्ञान मावि आफैमा महत्पूर्ण मन्दिर भएको बताए । उनले शिक्षा मात्रै नभएर खेलकुदलाई पनि अनिवार्य गरेर लैजान सकेमा हरेक क्षेत्रमा अब्बल हुन सक्ने बताए ।
कार्यक्रममा नेपाल खेलकुद विद्यालय महासंघका अध्यक्ष लेखनाथ पौडेल शिक्षा संग संगै अतिरिक्त क्रियाकलापमा कालिका मानवज्ञान माविले अब्बल सावित गर्दै आएको बताए । उनले विद्यालयले बार्षिक उत्सवमा मात्रै नभएर अन्य समयमा समेत विद्यालयले राम्रो कार्यसुरुवात गरेको बताएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान माविको हाल सम्मको अवस्थाको लागि सम्पूर्ण पुर्व शिक्षक, पुर्व पदाधिकारीहरु लगायत सबैको योगदान रहेको भन्दै उनले सबैको साथ र सहयोग सदैध सकारात्मक रहेको बताएका थिए । विद्यालयको खेलकुल, शैक्षिक गतिविधी सबैमा सहयोगी निकाय तालुक अड्डाबाट सहयोग प्राप्त हुँदै आएको बताए । उनले विद्यालयले खेलकुद गतिविधीलाई राष्ट्रिय देखि अन्तारष्ट्रिय रुपमा समेत नाम कमाउनको लागि सबैको सहयोग रहेको बताएका थिए । उनले शिक्षक, अभिभावक, प्रशिक्षक सबैको साझा पहलबाट अहिलेको सफलता प्राप्त भएको बताएका थिए । उनले हाल १३ जना राष्ट्रिय खेलाडीमा विद्यार्थीहरु कालिका माविबाट नै खेल्दै आएको बताए । उनले क्रिकेट, भलिवल, फुटवल लगायतका खेलकुदमा विद्यार्थीहरुको योगदान राष्ट्रमा नै उच्च रहेको बताएका थिए । विद्यालयले खेलकुदको आधारस्तम्भ खडा गर्न सफल भएको भन्दै उनले कालिका कपको निरन्तरता एउटा उदाहरण भएको समेत बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलकुदले एकताको प्रर्दशन गर्ने भन्दै विद्यालयले लामो समय देखि शैक्षिक वातावारण सहित खेलकुदका विविध गतिविधीहरुलाई अगाडी बढाउँदै आएको बताएका थिए ।