नेपालगन्जमा वैशाख १५ सम्म लकडाउन

काठमाडाैं । कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रामा बुधबार राति १२ बजेदेखि लकडाउन हुने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको थियो ।

केन्द्रले अनुमति दिएपछि आज रातिबाट लकडाउन लागू हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लकडाउन अवधिमा अत्यावश्यक सवारी साधन बाहेक अन्यलाई रोक लगाइएको छ ।

 
 
  
 

You may also like