२०७८ बैसाख ८ गते बुधबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुख पनि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक प्रतिष्ठा कमाउने बेला छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा दुबिधा उत्पन्न हुनेछ । चोट पटकको भय छ सचेत रहनुहोला । घरायसी काम धन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । कृषि क्षेत्रको काम पनि अघि बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तान पक्षको मायामा कमी आउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक कार्यमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । सामाजिक कार्य अघि बढ्ने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइबाट बढी फाइदा लिने समय छ । जोश, जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्ने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा धनलाभ हुने योग छ । भूमिबाट लाभ नै रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम पुनः गर्दा फाइदा हुनेछ ।

ज्यो.प. नारायणप्रसाद

 
 
  
 

You may also like