कारागारभित्रै कार्यालय सहयोगी मृत भेटिए

गुल्मी । जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगी मृत्त भेटिएका छन् । आज (मंगलबार) बिहान कार्यालय सहयोगी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

कारागार प्रमुख भेषराज पन्थका अनुसार कार्यालय सहयोगी पाण्डेको घर जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौर हो । उनी २०६३ सालदेखि कारागारमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।

उनी मंगलबार बिहान ८–९ बजेको बीचसम्म बगंँचामा सिञ्चाई गर्दै थिए । १० बजे पछाडि नाइलेनको डोरीमा झुण्डिएको अवस्थामा उनी फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी रहेको बताइएको छ । परिवारका सदस्यहरुलाई बोलाइएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

 

 
 
  
 

You may also like