माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज (सोमबार) स्थायी कमिटी वैठक बस्दैछ । आजको वैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने माओवादी केन्द्रले जानकारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने स्थायी कमिटी सदस्य मात्रिका यादवले दाबी गरेका छन् । स्थायी कमिटी सदस्य यादवले भने, ‘अहिलेसम्मका छलफल हेर्दा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको छ, सोमबार बस्ने बैठकबाट निर्णय गछौं ।’

कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले केन्द्रमा पनि ओली सरकार फेर्ने गृहकार्य थालेको हो । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार तथा केन्द्रीय सरकार समेत परिवर्तन गर्ने तयारी भइरहेको बताएका थिए ।

 

 
 
  
 

You may also like