मोडल अफ तिलोत्तमा सिजन-२ को फाइनल भोलि हुँदै

बुटवल। मोडल अफ तिलोत्तमा सिजन -२ को ग्राण्ड फिनाले भोलि (सोमवार ) हुने भएको छ ।

द डाइनामिक फेसन स्टाइलद्वारा आयोजना गरिएको मोडल अफ तिलोत्तमा सिजन -२ मा फाइनलमा ७ जना प्रतियोगीहरु अन्तिम प्रतिष्पर्धाको छनोट भएको आयोजक द डाइनामिक फेसन स्टाइलका सौरभ रेग्मीले बताए ।

फाइनलमा जजको भूमिकामा दिपा पाठक , दिवाकर पौडेल लगायत आउने कार्यक्रमका निर्देशक श्रेयान अचार्यले बताए । कार्यक्रम सोमबार बुटवल मिलनचोक स्थित एसियन पार्टी प्यालेसमा हुने जनाइएको छ ।

 
 
  
 

You may also like