काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना बालबालिकासहित थप नौं सय जना कोरोना संक्रमित थपिएका छन् । आज ९शुक्रबार० एकै दिन चार महिनायताकै सबैभन्दा बढी नौ सय जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३७ जनामा गरिएको पीसीआर परीक्षणबाट ८३६ तथा ६२१ एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण देखिएको हो । थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ३४८ जना हुन् । जसमा काठमाडौंका २८६, ललितपुरका ४३ र भक्तपुरका १९ जना रहेका छन् ।
त्यस्तै बाँकेका १३३, कास्कीका ४६, रुपन्देहीका ४३ र कैलालीका ३९ जना थपिएका छन् । थपिएकामा ९ वर्षभित्रका १५, १० देखि १९ वर्षका ६६, २० देखि २९ वर्षका २ सय ५, ३० देखि ३९ वर्षका १ सय ९३ तथा ४० देखि ४९ वर्षका एक सय ६७ जना संक्रमित भएका छन् ।
योसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८ पुगेको छ । शुक्रबार ४ जना थपिएसँगै मृतकको संख्या ३ हजार ७० पुगेको छ । २०८ जना मात्र संक्रमणमुक्त भएका छन् ।