अविश्वास प्रस्ताव आउनु अघि नै गण्डकी प्रदेश सभाको अधिवेशन गरियो अन्त्य

पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धमा अविश्वास प्रस्ताव दर्ताको तयारी गरेपछि हठात रुपमा अधिवेशन नै अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको सूचना जारी गरिसकेका छन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिजो बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको बताए ।

एक्कासी अधिवेशन अन्त्य गरिएपछि विशेष अधिवेशन बोलाउने विषयमा प्रतिपक्ष दलहरुले तयारी थालेका छन् । अहिले समाजवादी पार्टी र कांग्रेसबीच केहीबेरमा छलफल हुँदैछ ।

 

 
 
  
 

You may also like