दोलखामा बोलेरो जीप दुर्घटना : चारको मृत्यु, १७ घाइतेमध्ये पाँच जना गम्भिर

दोलखा। दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

उनका अनुसार १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै र १० जनाको काठमाडौंमा उपचार भइरहेको छ । गए राति साढे १० बजे दुर्घटना भएको हो । ‘ओभर लोडका कारण दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको गाडी ट्रनिङ काट्न नसक्दा दुर्घटना भएको हो’, प्रमुख जिल्ला अधिकारी घिमिरेल भने ।

 
 
  
 

You may also like