आईपीएल क्रिकेट : कोलकाता नाइट राइडर्स विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।
चेन्नईमा गए राति भएको खेलमा कोलकाताले हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर १७७ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनको मद्दतमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । आईपीएलमा आज राति राजस्थान रोयल्स र किङ्ग्स इालेभेन पञ्जाब खेल्दै छन् ।

 

 
 
  
 

You may also like