थप २८८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २८८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

अहिलेसम्म कुल २ लाख ७९ हजार ३८८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६१५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२७ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७३ हजार ७३५ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७१ वटा पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २३ लाख ६ हजार २४४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ८४ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २ हजार ६१५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ रहेको छ ।

यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like